काठमाडौं । माछापुच्छ्रे बैंक र सेल्सवेज क्यास एण्ड क्यारी लिमिटेड (सेल्सवेरी एण्ड सेल्सवेज) बीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सेल्सवेरीको तर्फबाट तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सेल्सवेज क्यास एण्ड क्यारी लिमिटेडका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्युआर वा पिओएस मार्फत डेबिट-क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन् ।
यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि मन्डे म्याडनेस योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा इ कम बाट पेमेन्ट गर्दा २३ प्रतिशत वा रु। १२३ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा रु। २२३ सम्म छुट पाउनुहोस् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागु हुनेछ ।
माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ । साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया