१५ अर्ब रुपैंयाँले बढ्यो बैंकिङ क्षेत्रको चुक्ता पुँजी, कसको कति ?

लोकपथ
98
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको चुक्ता पुँजी पछिल्लो एक वर्षमा झण्डै १५ अर्ब रुपैंयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी चार खर्ब २३ अर्ब ७५ करोड ८० लाख रुपैंयाँ पुगेको छ ।

बैंकिङ क्षेत्रले हाल कायम गरेको यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा १५ अर्ब ४९ करोड ४० लाख रुपैंयाँले बढेको हो । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने बैंकिङ क्षेत्रको यस्तो चुक्ता पुँजी चार खर्ब आठ अर्ब २६ करोड ४० लाख रुपैंयाँ रहेको थियो । बैंकिङ क्षेत्रको हाल कायम रहेको चुक्ता पुँजी मध्येमा बाँणिज्य बैंकहरुको मात्र चुक्ता पुँजी भने तीन खर्ब ६९ अर्ब ७२ करोड ४० लाख रुपैंयाँ रहेको छ ।

बाँणिज्य बैंकहरुको यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा १० अर्ब ६४ करोड ४० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो चुक्ता पुँजी तीन खर्ब ५९ अर्ब आठ करोड रुपैंयाँ रहेको थियो ।

बिकास बैंकहरुको चुक्ता पुँजी भने चालु आवको पछिल्लो अवधिमा ३९ अर्ब १७ करोड ६० लाख रुपैंयाँ रहेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ७० करोड ४० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको यस्तो चुक्ता पुँजी ३५ अर्ब ४७ करोड २० लाख रुपैंयाँ रहेको थियो । यसैगरी फाईनान्स कम्पनीहरुको चुक्ता पुँजी पनि पछिल्लो अवधिमा १४ अर्ब ८५ करोड ८० लाख रुपैंयाँ पुगेको छ । यो चुक्ता पुँजी गत आवको सोही अवधिको तुलनामा एक अर्ब १४ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुको यस्तो चुक्ता पुँजी १३ अर्ब ७१ करोड ३० लाख रुपैंयाँ रहेको थियो ।

बैंकिङ क्षेत्रको हाल कायम रहेको चुक्ता पुँजी (रकम रु १० लाखमा)

विवरण                                       २०७९ पुस मसान्त                   २०७८ पुस मसान्त                    फरक
बाँणिज्य बैंक                                        ३६९७२४                              ३५९०८०                      १०६४४
बिकास बैंक                                         ३९१७६                                 ३५४७२                        ३७०४
फाईनान्स                                            १४८५८                                  १३७१३                         ११४५
कुल                                                   ४२३७५८                                ४०८२६४                      १५४९४

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?