काठमाडौं । पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।
पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ ।
विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने दवाब रहेको छ ।
नेपालले दोस्रो खेलमा फागुन २८ गते यूएईसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया