काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज ‘शुक्रवार’ दुई खेल हुँदैछ ।
आज ‘शुक्रवार’ हुने पहिलो खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले सरस्वती युथ क्लबको सामना गर्दैछ । त्यस्तै आजै हुने दोस्रो खेलमा थ्रिस्टार क्लब र नेपाल पुलिस क्लब आमने-सामने हुँदैछ।
यी दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । यसअघि बिहीवार सम्मन्न खेलमा संकटा क्लबलाई हराउँदै लिगको उपाधि मनाङले जितिसकेको हुनाले थ्रिस्टार लिगको दोस्रो स्थानमा रहँदै खेल सकाउने तयारीमा रहेको छ ।
थ्रिस्टारले खेलेको १० खेल मध्ये सातमा जित र एक खेलमा हार तथा दुई खेलमा बराबरी खेलिसकेको छ । थ्रिस्टार २३ अंकका साथ लिगको तेस्रो स्थानमा छ । त्यस्तै पुलिस क्लब १५ अंक सहित लिगको सातौ स्थानमा छ ।
यता लिगको चौथो स्थानमा रहेको आर्मी क्लबको भने १८ अंक छ । सरस्वती १० अंक सहित तालिकाको दशौँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया