आसिफको शतकमा नेपालले पीएनजीलाई दियो कीर्तिमानी लक्ष्य

लोकपथ
182
Shares

काठमाडौं । ओपनर आसिफ शेखको शानदार शतकमा नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमापपुवा न्यु गिनी९पीएनजी० लाई २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा अलआउट भएर २ सय ९७ रन जोडेको हो । नेपालले एकदिवसीय अन्तराष्ट्रिय खेलमा बनाएको ठुलो योगफल हो ।

नेपालका लागि ओपनर आसिफ शेखले १ सय १० बलमा १ सय १० रन बनाए । कुशल भुर्तेलले ४५ रन जोडे । भीम सार्की ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३० रन बनाए ।

पीएनजीका लागि सिमो कमाय ५ तथा राईली हेरुकेले ३ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?