एनआईसी बैंकले माग्यो धितोपत्र बोर्डसँग ४ अर्बको ऋणपत्र जारी गर्ने अनुमति

काठमाडौं । एनआईसी एशिया बैंकले चौँथो पटक ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

बोर्डका अनुसार बैंकले गत मंसिर २६ गते १ हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन दिएको छ ।

बैंकले निष्काशन गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रमध्ये बोर्डको स्वीकृती पश्चात २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।

८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । 

ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?