‘२.० छडके’ को असफलतापछि अनमोलले भने- ‘म चुक्न पुगेँ’

लोकपथ
91
Shares

काठमाडौं । अभिनेता अनमोल केसीले आफ्नो नवौँ चलचित्र‘२.० छडके’ काे असफलतापछि दर्शकहरुसँग माफी मागेका छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको उनको चलचित्रले ‘२.० छडके’ ले अपेक्षा अनुसार कमाइ गर्न सकेन । जसको कारण कतिपय ठूला हलबाट हटाइएको छ ।

सो सन्दर्भमा सामाजिक सञ्जालमा लेख्दै अभिनेता केसीले आफू नवौँ चलचित्रमा आइपुग्दा परिपक्क हुनुपर्नेमा चुकेको बताए ।

‘मलाई थाहा छ ‘२.० छडके’ मार्फत मलाइ माया गर्ने दर्शकहरुलाई निराश बनाएँ । जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ वहाँहरुलाई नै निराश बनाउँदा म झनै दुखी छु । ‘२.० छडके’ मेरो नवौँ सिनेमा थियो, नवौँ सिनेमामा आइपुग्दा म झनै परिपक्क हुनुपथ्र्यो, यहाँनेर म चुक्न पुगेँ। ’ उनले भनेका छन्् ।

नवौँ सिनेमामा आफू शुन्य भए पनि दशौँ सिनेमामा आफू एकमा पुग्ने उनले बताए ।

साथै आफ्नो करियरको दोस्रो सत्र अर्को सिनेमाबाट हुने समेत बताए ।

May be an image of text

अब नवाैँ पछिको दशौँ सिनेमा दश पछिको शून्य हटेपछि बन्ने एक अर्थात् आज म शून्यमा छु र मेरो करियरको पहिलो सिनेमा अर्थात् दशौँ सिनेमा हुनेछ । अर्थात् मेरो करियरको दोस्रो सत्रको सुरुवात अबको सिनेमाबाट हुनेछ ।’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?