गुराँस लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशन गर्ने तयारी

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनको प्रकृया अगाडि बढाएको बताइएको छ । 

संस्थाले दुई लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशनको लागि प्रकृया अगाडि बढाएको हो । दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमतिका लागि गुराँस लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको हो । 

प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटलाई नियुक्त गरेको छ। 

यो संस्थाले दोस्रो वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको थियो।  प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी अब ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ। 

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति प्राप्त संस्थाको १० वटा जिल्लामा कार्यक्षेत्र रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?