काठमडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धाबाट ५ जना उम्मेदवार छनौट भएका छन् ।
उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरण सहित आवश्यक र योग्यता पुगेका आधारमा ५ जनाको नाम छनौट गरेको हो ।
समितिले पहिलो चरणको छनौट अन्तर्गत अनिल कुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, सुरेन्द्र पौडेल, र लोकबहादुर खड्काको नाम छनोट गरेको हो ।
छनोट भएका ५ जनाले आफ्नो कार्ययोजना पेश गरेपछि त्यसका आधारमा समितिले ३ जनाको नाम छनोट गर्ने समिति संयोजक ढकालले जानकारी दिए ।
समितिले छनोट गरेका अन्तिम ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुने र तीन जना मध्ये १ जनालाई मन्त्रिपरिषदले आयल निगमको कार्यकारी निर्देशकमा नियुक्ति गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया