कुनै विवाद बिनै सम्पन्न भयो ओस्कार अवार्ड, कस्ता थिए ओस्कारका विवादित इतिहास ?

लोकपथ
168
Shares

काठमाडौं । अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९५ औं ओस्कार अवार्ड सम्पन्न भएको छ । यस वर्षको ओस्कार समारोह विशेष रह्यो किनभने, यो पहिलो ओस्कार समारोह हो, जुन कुनै विवाद बिना सम्पन्न भएको छ।

अवार्ड समारोहपछि अन्ततः कुनै विवाद बिना यो पहिलो ओस्कार अवार्ड हो भन्ने बोर्ड राखिएको थियो । यसअघि ९४ औं ओस्कर समारोहको थप्पड काण्डको निकै चर्चा भएको थियो । यसबाहेक ओस्कार अवार्डमा अरू के-के विवाद भएका थिए त ?

स्टेजमा होस्टलाई थप्पड

ओस्कार अवार्ड चलिरहेको थियो । विल स्मिथले स्टेजमा होस्ट गरिरहेका क्रिस रकलाई थप्पड लगाइदिए । स्मिथले क्रिसलाई थप्पड हानेपछि माहोल स्तब्ध थियो । क्रिसले स्मिथको श्रीमतीलाई लिएर मजाक उडाएका थिए । त्यसपछि स्मिथले उनलाई थप्पड लगाएका थिए ।

स्टेजमै लुगा फुकालेपछि

२०२१ मा हलिउडकी फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमा स्ट्रिप गरेर सबैलाई चकित पारिन्। अवार्ड प्रदान गर्न स्टेजमा पुगेपछि कोरीनले फ्रान्सेली सरकारको विरोध गर्दै आफ्नो लुगा फुकालिन् ।

जब फिल्मको घोषणामा गल्ती भयो

सन् २०१७ को ओस्कारमा पनि हंगामा मच्चिएको थियो । जब फे डुनावे र वार्न बिट्टी उत्कृष्ट चलचित्रको अवार्ड प्रस्तुत गर्न स्टेजमा पुगे, दुबैले फिल्म ‘लाला ल्याण्ड’को घोषणा गरे। तर यो अवार्ड मुनलाइट फिल्मलाई दिनु पर्ने थियो । त्यसपछि त्यहाँ उपस्थित मानिसहरूले हंगामा सुरु गरेका थिए । त्यसपछि यो गल्ती सच्याइएको थियो ।

अमेरिकी राष्ट्रपतिको लागि अपमानजनक कुरा

सन् २००३ को कुरा हो । जब मूर चेस्टाइज फिल्म बाउलिङ फर कोलम्बाइनको अवार्ड लिन स्टेजमा पुगे, उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसलाई अपमानजनक शब्द भने। जसको निकै ठूलो आलोचना भएको थियो ।

आफ्नै भाइलाई ओठमा चुम्बन

आफ्नै भाइको ओठमा चुम्बन गरेपछि एन्जेलिना विवादमा
परेकी थिइन् । एन्जेलिना जोलीले समारोहमा फिल्म गर्ल इन्टरप्टेडका लागि उत्कृष्ट सह(अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। समारोह अघि, एन्जेलिनाले रातो कार्पेटमा आफ्नो भाइलाई ओठमा चुम्बन गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?