काठमाडौैं । सिबिआईएल क्यापिटलले नाम परिवर्तन गरेको छ ।
कम्पनीको चौँथो विशेष साधारण सभाले पारित निर्णय अनुसार सि.बि.आई.एल. क्यापिटल लिमिटेडले प्रचलित नियमहरुको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड कायम गरेको हो ।
नयाँ नामसँगै नयाँ ढंगले ग्राहक वर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन लागेको संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने सिटिजन्स् क्यापिटलको विश्वास रहेको सो संस्थाले जनाएको छ ।
सिटिजन्स् क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई आईपिओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशा÷क्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरु संस्थाको फेसबुक पेज मार्फत सार्वजानिक गरिएको छ । साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरुलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।
क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । हाल कम्पनीले दुई अर्बभन्दा बढीको लागानी व्यवस्थापन तथा सिटिजन्स् बैंक लगायका अन्य कम्पनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आईरहेको छ ।
कम्पनीका संचालक तथा संस्थापकहरु विभिन्न बैंक वित्तीय संस्था तथा विभिन्न संस्थामा आवद्ध अनुभवी व्यक्तित्वहरु रहेका छन । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया