काठमाडौं । अमेरिकाको सिग्नेचर बैंक र सिलिकन भ्याली बैंक डुबेको खबर विश्वभर हेडलाइन बनेको छ । यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ठूलो बयान बाहिरिएको छ ।
जो बाइडेनले आइतबार ट्विट गर्दै बैंकहरू ध्वस्त पार्ने जिम्मेवार व्यक्तिहरूलाई कडा कारबाही गरिने बताएका छन्। जो बाइडेनले दुवै बैंकका खातावालालाई ठूलो राहत दिँदै जनताको पैसा सुरक्षित रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले ट्विटरमा लेखेका छन्, ‘हामी अमेरिकी जनता र अमेरिकी व्यापार जगतलाई उनीहरुको बैंक निक्षेप सुरक्षित रहेको र उनीहरुलाई आवश्यक परेको बेला फिर्ता लिन सक्ने सुनिश्चित गर्न चाहन्छौँ ।
जनताको बैंकमा जम्मा भएको पैसा सुरक्षित रहेको र निकाल्न सकिने भन्दै विज्ञप्ति जारी गरेको छ । अमेरिकाको फेडरल रिजर्भ विभागले जनतालाई कुनै पनि प्रकारको समस्यामा नपरोस् भनेर बैंकहरूलाई मद्दत गर्न थप कोष दिने घोषणा गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया