महेश्वर नगदसहिद सम्मानित

काठमाडौं । १० औँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले नगदसहित सम्मान गरेको छ ।

शुभताराको २० औं वार्षिक खेलकुद दिवसको समापनका अवसरमा शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले महेश्वरलाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिन् ।

थाइल्यान्डको चाङमइमा  डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा महेश्वरले जितेको उक्त स्वर्ण पहिलो हो । महेश्वर एसियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी महेश्वरले खेलकुद दिवसका विजेतालाई पुरस्कृत समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?