काठमाडौं । त्रिभुवन आर्मी क्लबकी ईन्दिरा पौडेल र मनिता रायमाझी प्रथम ईपी राष्ट्रिय खुला फेन्सिङ्ग च्याम्पियनसिपको महिला व्यक्तिगत विधामा उपाधिको लागि भिड्ने भएका छन् ।
नेपाल फेन्सिङ्ग संघको आयोजनामा भएको च्याम्पियनसिपमा ईन्दिराले एपिएफकी शारदा मल्ललाई तथा मनिताले एपिएफकै अनिता कार्कीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेक हुन् ।
पहिलो पटक ईपीको मात्रै आयोजना गरिएको च्याम्पियनसिपमा तीन विभागिय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ तथा प्रदेश १, ३ र ५ गरि तीन प्रदेशका पुरुष २७ र महिला २३ जना गरि कुल ५० खेलाडीहरुको सहभागिता रहको छ ।
लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजित च्याम्पियनसिपको नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले निर्णायक तथा खेलाडीलाई खेल सामाग्री प्रदान गर्दै उद्घाटन गरेका थिए ।
दुई दिने प्रतियोगितामा तीन शिर्ष स्थान हात पार्नेले नगद २५ हजार, १५ हजार र १० हजार ‘५/५ हजार’ सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया