अस्ट्रेलियाविरुद्धको तेस्रो टेष्टमा भारतको जीत

एजेन्सी । भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट क्रिकेट जीत हात पारेको छ ।

मेलवर्नमा भएको खेलमा भारतले अस्ट्रेलियालाई १ सय ३७ रनले पराजित गरेको हो । अन्तिम दिन घरेलु टोलीलाई जितका लागि १ सय ४१ रनको आवश्यकता थियो । जितसँगै भारतले चार म्याचको टेष्ट सिरिजमा २-१ अगाडि रहेको छ । 

३ सय ९९ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको अस्ट्रेलिया २ सय ६१ रनमा समेटिएको थियो ।  २ सय ५८ रनमा ८ विकेटको क्षतिमा अन्तिम दिनको खेल थालेको घरेलु टोलीले ३ रन बनाउन बाँकी छँदा दुई विकेट गुमाएको थियो । 

पाँचौ तथा अन्तिम दिन प्याट कमिन्स मात्र ६३ रन बनाएर आउट भए । उनलाई जसप्रित बुम्राहाको बलमा चेतेश्वर पुजाराले क्याच आउट गरे । यता इसान्त शर्माले नाथन लियोनलाई ७ रनमा पेभेलियनमा फर्काए । 

तेस्रो टेष्टका पहिलो इनिङग्समा भारतले ७ विकेटको क्षतीमा ४ सय ४३ रन बनाएको थियो । यता अस्ट्रेलिया भने पहिलो इनिङग्समा १ सय ५१ रनमा समेटिएको थियो । त्यस्तै भारतले दोस्रो इनिङग्समा २ सय ६१ रन बनाउँदै अस्ट्रेलियालाई ३ सय ९९ रनको चुनौती प्रस्तुत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?