काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको कम्पनीको साझेदारीमा क्लार्क्स इन ग्रुप अफ होटल्सले नेपालको हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने भएको छ । क्लाक्र्स इन ग्रुप अफ होटल्स भारतको प्रसिद्ध कम्पनी हो जोसँग ८० भन्दा बढी होटलहरु आवद्ध छन् ।
राणाको कम्पनी र क्लाक्र्सबीच नेपालको विभिन्न ठाउँमा संयुक्त लगानीमा होटल खोल्ने समझदारी भएको छ । जस अन्तर्गत वर्दियामा ४० करोडको रिसोर्ट खोल्ने पक्कापक्की भइसकेको छ । वर्दियाका वन्यजन्तु र पर्यटकलाई मध्यनजर गर्दै उक्त रिसोर्ट ४ विघा जमिनमा निर्माण हुने छ ।
यसका अतिरिक्त रारा, पोखरा जस्ता पर्यटकीय स्थलमा समेत दुई कम्पनीको संयुक्त लगानीमा होटल स्थापना हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया