बागलुङ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बागलुङका होटल व्यवसायीहरुले भारी छुट योजना ल्याएका छन् । यो योजना अन्तर्गत नयाँ वर्ष मनाउन आउने पर्यटकहरुले १ सय रुपैयाँमा होटलको कोठा पाउने भएका छन् ।
पर्यटकलाई आकर्षित गर्नलाई यस्तो योजना ल्याइएको बागलुङका होटल व्यवसायीले बताए ।
नयाँ वर्षको अवसरमा बागलुङ पर्यटन विकास समितिले ‘न्यू इयर इभ’ समेत आयोजना गर्दैछ । कार्यक्रम साङ्गीतिक र मनोरञ्जनात्मक हुने समितिले जानकारी दिएको छ । सोही दिन पर्यटकहरुले सदरमुकामका १० होटलको कोठा भाडामा सहुलियत पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया