एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 

यो सम्झौतासँगै बैंकका ग्राहकहरुले देशभरका शाखाबाट सहज रुपमा इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

बैंकका देशभर २ सय ७० शाखा, २ सय ८८ एटिएम, ३७ एक्सटेन्सन काउण्टर र २० शाखा रहित बैंकिङ ईकाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?