देशैभर तीन दिनसम्म हल्का वर्षा हुने

लोकपथ
35
Shares

काठमाडौं । आगामी तीन दिन (आइतबार) सम्म देशैभर हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो ।

आगामी दिन दिनसम्म हल्का वर्ष हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाका मौसम विद् रोजन लामिछानेले बताए ।

‘काठमाडौं उपत्यका सहित देशैभर मौसम सक्रिय छ । निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन । हल्का रुपमा एकछिन पानी पर्ने फेरी रोक्ने घाम लाग्ने हुन्छ’ लामिछानेले भने, ‘पश्चिमी वायुसँग स्थानीय वायु सक्रिय भएपछि वर्षा भएको हो । त्यो प्रिमनसुनमा यस्तै हुन्छ ।’ आजदेखि सुरु भएको वर्षाले किसानलाई फाइदा हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?