अमेरिका र चीनका राष्ट्रपतिले आर्थिक असहमति सुल्झाउनलाई गरे टेलिफोन वार्ता

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता भएको कुरा ट्वीटर मार्फत बताएका छन् ।

ट्वीट गर्दै उनले भने, ‘राष्ट्रपति सीसँग धेरै राम्रो र लामो समय सम्म कुरा भयो’ ।

दुई देशबीच समझदारी कायम नभइरहेको बेला आफूहरुले टेलिफोन वार्ता मार्फत् दुई देशको सम्बन्ध सुदृढीकरण गर्ने बारेमा कुराकानी गरेको ट्रम्पले खुलाए । 

चीनका राष्ट्रपतिले अमेरिका र कोरियाबीच हुने वार्ताका लागि पनि मद्दत गर्ने प्रतिबद्धता जनाएको जानकारी ट्रम्पले अमेरिकी समाचार एजेन्सीलाई दिएका छन् ।

वार्तापछि छिट्टै दुई देशबीच रहेको आर्थिक असमझदारी हट्ने ट्रम्पले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?