काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक प्रतिबन्ध फुकुवा भएको छ । फेसबुक प्रतिबन्ध फुकुवा भएसँगै ट्रम्प फेसबुकमा फर्किएका छन् ।
शुक्रबार ट्रम्पले आफ्नो फेसबुकमा १२ सेकेन्डको भिडियो पोस्ट गर्दै लेखेका छन् ‘आइ एम ब्याक’ । जनवरी ६, २०२१ मा, मेटाले डोनाल्ड ट्रम्पको फेसबुक खाता निलम्बन गरिएको थियो । ट्रम्पले १२ सेकेन्डको भिडियो पोस्ट गरेका छन् ।
डोनाल्ड ट्रम्पले आफ्नो पोस्टमा दाबी गरेका थिए कि २०२० को राष्ट्रपति चुनावमा ठूलो मतदान धाँधली भएको थियो। त्यसलगत्तै फेसबुकले हिंसा भड्काएको आरोपमा डोनाल्ड ट्रम्पको एकाउन्ट निलम्बन गरेको थियो । ट्विटरले पनि डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । तर, एलोन मस्कले ट्विटर प्राप्त गरेपछि, डोनाल्ड ट्रम्पको खाता पुनर्स्थापित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया