प्रभु बैंकको शाखा बारपाकमा, ५ भूकम्पपीडितले पाए सहुलियत ब्याजमा कर्जा

प्रभु बैंकले गोरखा जिल्लाको बारपाकमा शाखा कार्यालय स्थापना गरी सञ्चालन गरेको छ ।

बारपाकको सुलीकोट गाउँपालिका–१ मा स्थापित उक्त शाखाको उद्घाटन पूर्व उप–प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत ५ जना भूकम्प पीडितलाई न्यून ब्याजमा भूकम्पपीडित घरकर्जा समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले २०७२ सालको महाभूकम्पबाट प्रभावित बारपाकमा प्रभु बैंकले आफ्नो शाखा स्थापना गरेर अत्यन्तै प्रशंसनीय कार्य गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?