काठमाडौं । इक्वेडरमा शनिबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले इक्वेडरको तटीय गुयास क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
समाचार एजेन्सी एपीका अनुसार भूकम्पले देशको दोस्रो ठूलो शहर ग्वायाकिल वरपरको क्षेत्रमा भूकम्प महशुस गरिएको थियो । भूकम्पका कारण हालसम्म १३ जनाको मृत्यु भएको बताइएको छ । धेरै घर र भवनमा पनि क्षति पुगेको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरूमा ग्वायाकिलको सडकमा मानिसहरू भेला भएको देख्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया