म्यान्चेस्टर सिटी पुनः लिगको दोस्रो स्थानमा उक्लियो, आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी

एजेन्सी । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको पुनः दोस्रो स्थानमा उक्लिएको छ ।

आइतवार राति सम्पन्न भएको २० औँ चरणको खेलमा म्यान्चेस्टर सिटीले लिगको १७ औँ स्थानमा रहेको साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै म्यान्चेस्टर सिटीका लागि डेभिड सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३७ औँ मिनेटमा साउथह्याम्पटनले बराबरी गोल फर्कायो । साउथह्याम्पटनका लागि पिएर्रे होज्वजेर्जले गोल गर्दै खेललाई एक-एक गोलको स्थितीमा ल्याएका थिए । खेलको ४५ औँ मिनेटमा साउथह्याम्पटनका जेम्स वार्डसले आत्मघाती गोल गरे ।

त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो अग्युरोले गोल गरे । दोस्रो हाफमा भने सिटी गोल गर्न असफल भयो । जितपछि म्यान्चेस्टर सिटीले ४७ अंक बनाएको छ । 
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित ग-यो ।

चेल्सीका लागि खेलो ५१ औँ मिनेटमा एनगोलो कान्टले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । जितपछि ४३ अंक बनाएको चेल्सी लिगको चौथो स्थानमा छ । 

आइतवार राति नै भएको खेलमा म्यान्चेस्टर युनाइटेडले बर्नेमाउथमाथि ४-१ गोल अन्तरको जित दर्ता गरायो । युनाइटेडको जीतमा पाउल पोग्बाले खेलको पाँचौ र ३३ औँ मिनेटमा दुई तथा मार्कोस रासफोर्डले ४५ औँ मिनेटमा र रोमेलु लुकाकुले समान एक-एक गोल गरेका थिए ।

यता बर्नेमाउथका लागि पहिलो हाफको इन्जुरी समयमा एकेले एक मात्र गोल फर्काए । ७९ औँ मिनेटमा एरिक विलि रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि म्यान्चेस्टर युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।

जितपछि २० खेलबाट ३५ अंक बनाएको युनाइटेड लिगको छैटो स्थानमा छ । यता आइतवार राति नै भएको खेलमा बर्नलेले वेस्टह्यामलाई २-० गोल अन्तरले पराजित ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?