काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम ‘एनआरटी’ र मछिन्द्र क्लबले बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको १२ औँ चरणको पहिलो खेलमा दुवै क्लबले समान ५-५ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । जारी लिगमा पहिलो पटक एकै खेलमा १० गोल भएको हो ।
मछिन्द्रका लागि विशाल राई ‘ए’ ले दुई गोल तथा खमिर गिल्सन कन्दङ्वा, अनिल गुरुङ र भासडिया डाइमण्डेले समान एक-एक गोल गरे ।
यता एनआरटीका अशोक थापाले दुई तथा सुनील लामा र डिडियर स्माइलले एक-एक गोल गरे । एनआरटीले एक गोल भने उपहार स्वरुप पाएको थियो ।
बराबरीपछि लिगको अन्तिम स्थानमा रहेको एनआरटीले ६ अंक बनाएको छ । मछिन्द्र ७ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया