काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
स्टककाअनुसार सोमवार हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो ।
हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४ सय ८९ मा समायोजन भएको छ । मूल्य समायोजनपछि बैंकको औसत आधार मूल्य रु ६ सय ७४ रहेको छ ।
स्टकमा आजै मेगा बैंकको पनि एक प्रतिशत शेयर लाभांश दिएपछि प्रतिकित्ता रु १ सय ८० मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधारमूल्य रु २ सय १७ रहेको छ ।
पूर्णिमा विकास बैंकको पनि पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु १ सय ५९ मा मूल्य समायोजन भएको छ । सो बैंकको औसत आधार मूल्य रु २ सय २६ रहेको छ ।
यस्तै महुली सामुदायिक लघुवित्तको शेयर पनि २० प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु एक हजार २ सय ८३ मा मूल्य समायोजन भएको छ । उक्त लघुवित्तको औसत आधारमूल्य रु एक हजार २ सय १५ रहेको छ । स्टककाअनुसार ती कम्पनीको शेयर समायोजित मूल्यमा नै शेयर कारोवार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया