थ्री नेसन्स प्रधानमन्त्री कपमा लाओसविरुद्ध नेपालको अग्रता

लोकपथ
35
Shares
????????????? ???? ?????? ?? ????? ??????????? ???????? ?????? ???? ?????????? ?????? ??????? ????? ???? ??????? ??????? ????? ??????? ???? ??? ????? ?????? ? ??????: ???? ?????/????

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले लाओससँगको खेलमा सुरुवाती अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपालले १–०काे अग्रता लिएको हो।

३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अन्तत तामाङले गोललाइनबाट शानदार हेडरमार्फत गोल गरेका थिए ।

साथै, आजको खेलमा दुईजना नेपाली खेलाडीले डेब्युको मौका पाएका छन् । नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गर्दैछन्।

प्रतियोगितामा नेपाल र लाओससँगै भुटानको रहेको छ। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्।

नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?