लाओसमाथि नेपालको शानदार जित

लोकपथ
147
Shares

काठमाडौं । नेपालले लाओसमाथि शानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?