मदिरा सेवन गरी क्याबिन क्रु र यात्रुहरूसँग दुर्व्यवहार गरेपछि…

लोकपथ
77
Shares

काठमाडौं । दुबईबाट मुम्बईका लागि उडेको इन्डिगोको विमानमा दुर्व्यवहारको घटना बाहिरिएको छ । मदिरा सेवन गरेका दुई यात्रुले क्याबिन क्रु र यात्रुहरूसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको हो ।

क्याबिन क्रुसँग दुर्व्यवहार गरेपछि दुवै यात्रुलाई मुम्बईबाट पक्राउ गरिएको छ । इन्डिगो एयरलाइन्सले तत्कालै प्रहरीलाई उजुरी गरेको थियो । त्यसपछि एफआईआर दर्ता गरी दुवै यात्रुलाई पक्राउ गरिएको छ । तर,पक्राउ परेका यात्रुहरुले अदालतबाट मुद्दामा जमानत पाएका छन् ।

‘दुवै आरोपी कोल्हापुर र पालघरको नालासोपाराका बासिन्दा हुन्। उनीहरु एक वर्ष खाडी मुलुकमा काम गरेर फर्किरहेका थिए।’ एक प्रहरी अधिकारीले भने । दुवै अभियुक्तले देश फर्केको खुसीमा मदिरा सेवन गरेका थिए । उनीहरुको नाम दत्तात्रेय बापर्डेकर र जोन जर्ज डिसुजा हो ।

भारतमा विमानमा दुर्व्यवहारको यो सातौं घटना हो। यसअघि मार्च ११ मा लण्डन–मुम्बई उडानको शौचालयमा धुम्रपान गरी आपतकालीन निकास खोल्ने प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?