अमेरिकामा टोर्नाडोको बितण्डा : सहर डुबानमा, बिजुलीका पोल ढल्दा लाखौं जनता अन्धकारमा

लोकपथ
84
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा बम चक्रवातले पश्चिमी तटीय राज्यमा विनाश मच्चाएको छ । हावाहुरीका कारण यहाँको अवस्था नाजुक बन्दै गएको छ । धेरै सहरहरु पानीमा डुबेका छन् ।

हावाहुरीले बिजुलीका पोलहरु ढलेका छन् । जसका कारण लाखौं जनता अन्धकारमा बस्न बाध्य छन् । वर्षाका कारण अवस्था बिग्रने मौसमविद्हरुले बताएका छन् ।

भारी वर्षाका कारण हजारौंको घरमा पानी भरिएको छ । जसका कारण मानिसहरु घर छाड्न बाध्य छन् । स्थानीय प्रशासन र प्रहरीको सहयोगमा सर्वसाधारणको उद्धार भइरहेको छ । उद्धार का लागि डुङ्गाको प्रयोग भइरहेको छ ।

तस्बिरमा हेर्नुस् : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?