काठमाडौं । फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका छन् । नियमित कप्तान तथा गोलकिपर हुगो लोरिसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले एमबाप्पेलाई कप्तानको जिम्मेवारी दिएको हो ।
२४ वर्षीय एमबाप्पेले २०१७ मा फ्रान्सका लागि डेब्यु गरेका थिए । उनले फ्रान्सका लागि ६६ गोल गरिसकेका छन् ।२०१८ को विश्वकप र २०२२ को विश्वकपमा उपविजेता बन्दा एमबाप्पे टिमको मुख्य खेलाडी थिए ।
यस्तै फ्रान्सले एन्टोनी ग्रीजम्यानलाई उपकप्तान चयन गरेको छ । एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोकप छनोट खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया