एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन पहिलो पटक क्लबको प्रशिक्षण मैदानमा उपस्थित भएका छन् ।
ब्रेन ह्यामरेजको सफल शल्यक्रिया प्रश्चात फर्गुसन क्लबको प्रशिक्षण गर्ने मैदानमा उपस्थित भएका हुन् ।
गत मे महिनामा ब्रेन ह्यामरेज भएपछि उनको आकस्मिक शल्यक्रिया गरेको थियो । पूर्व प्रशिक्षक फर्गुसनले खेलाडीहरुको मनोबल बढाउनका लागि प्रशिक्षण मैदानमा उपस्थित भएको बताएका छन् ।
उनले म्यान्चेस्टर युनाइटेडकै पूर्व स्ट्राइकर तथा केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायरसँग पनि भेटवार्ता गरेका थिए । ७७ वर्षिय फर्गुसन यसअघिका प्रशिक्षकहरु डेभिड मोएस र लुइस भान गाल र जोसे मौरिन्होको पालामा प्रशिक्षक मैदानमा पुगेका थिएनन् ।
जारी इंग्लिस प्रिमियर लिगमा खराब प्रर्दशन गरिरहेको म्यान्युले मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त समेत गरेका थिए । मौरिन्होको बर्खास्तपछि सोल्सायरलाई प्रशिक्षकको जिम्मेवारी दिएका थिए ।
सोल्सायरले टिम सम्हालेपछि म्यान्युले लगातार तीन पटक खेल जितिसकेको छ ।
सन् १९८६ देखि म्यान्चेस्टर युनाइटेड सम्हालेका उनले २०१३ मा सन्यास लिएका थिए । २६ वर्षसम्म युनाइटेडमा रहँदा उनले क्लबलाई ३८ उपाधि दिलाएका थिए ।
अहिलेसम्मकै सर्वाधिक सफल प्रशिक्षक मानिएको उनले १३ पटक प्रिमियर लिग, २ च्याम्पियन्स लिग, ५ एफए कप तथा ४ पटक लिग कप फुटबलको उपाधि क्लबलाई दिलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया