शनिबार भैरहवामा इण्डो-नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ ।
भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार फिदरवेट विधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ हुनेछ ।
यस्तै फ्लाइवेटअन्तर्गत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने छन् । सुपर मिडलवेटअन्र्तगत भारतीय बक्सर कुलदीप र नेपाली बक्सर मनोज भिड्ने छन् ।
यसबाहेक वेल्टरवेटअन्र्तगत भारतीय बक्सरहरु आरभ र गौरव, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेटअन्र्तगत भारतीय बक्सर उमेश र बरुन लड्ने छन् ।
नेपालको काठमाडौँलगायतका सहरमा बक्सिङ प्रतियोगिता भए पनि भैरहवामा इण्डो–नेपाल बक्सिङ प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाइटेड प्रोफेसनल बक्सिङका आदित्य ओबरायले बताए।
टाइगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क रु दुई हजार राखिएको छ । प्रतियोगिता करिब तीन सय बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त शुल्कमा पुल पार्टी, डिजे, बक्सिङलगायतको अवलोकन गर्न सकिनेछ ।
भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङले भारतमा ७० भन्दा बढी कार्यक्रम गरिसकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया