स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मंगलवार विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

ती कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयर एवं नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै मूल्यसमेत समायोजन गरेका हुन् । सिटिजन्स बैंकले तीन दशमलव छ प्रतिशत शेयर लाभांश वितरण गरेसँगै प्रतिकित्ता २१० मा मूल्य समायोजन गरेको हो । सो बैंकको औसत आधारमूल्य ३०२ रहेको छ । 

साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि प्रतिकित्ता १४३ हुने गरी मूल्य समायोजन गरेको छ । सो बैंकको औसत शेयर मूल्य १८६ रहेको छ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले पनि प्रतिकित्ता १२० हुने गरी मूल्य समायोजन गरेको छ । बैंकको औसत आधार मूल्य रु १७४ रहेको छ ।

त्यस्तै समीट माइक्रोफाइनान्स कम्पनीले प्रतिकित्ता ७३९ मूल्यमा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य  एक हजार १५७ रहेको छ । 

यसैगरी हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले पनि प्रतिकित्ता १५४ मा मूल्य समायोजन गरेको छ । सो कम्पनीको औसत आधारमूल्य १२७ रहेको छ । स्टकमा सोमवार चार कम्पनीको शेयरमूल्य समायोजन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?