उत्तरपुस्तिकामा विद्यार्थीको जवाफ देखेर शिक्षकको रोकिएन हाँसो…

लोकपथ
140
Shares

काठमाडौं । भारतीय यूपी बोर्डको माध्यमिक परीक्षा सकिएपछि हाल उत्तरपुस्तिका चेक गर्ने काम भइरहेको छ । एउटा उत्तरपुस्तिकामा एक विद्यार्थीले प्रश्नको उत्तर दिनुको सट्टा पास हुन अनुरोध लेखेकी छिन् ।

एक छात्राको उत्तरपुस्तिकामा लेखिएको थियो- ‘सर, हामीलाई जीवविज्ञानसँग सम्बन्धित केही थाहा छैन’ हाम्रो घर स्कूलबाट यति टाढा छ कि हामी दिनहुँ स्कूल जान पनि सक्दैनौं। घरमा खाना पकाउन ढिलो हुन्छ । हामी केटीहरूलाई कति काम गर्नुपर्ने हुन्छ हजुरलाई त थाहा नै छ । मलाई पास गराइदिनुहोस् ।’

शिक्षक प्रेमशंकरले उत्तरपुस्तिकामा यस्ता सन्देश लेखिएको भेटिएको बताए । कतिपय परीक्षार्थीले उत्तरपुस्तिकामा रुपैयाँ पनि राख्ने गरेका उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?