काठमाडौं । ब्राजिल मोरक्कोसँग स्तब्ध भएको छ । आइतबार भएको फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग २-१ गोल अन्तरले स्तब्ध भएको हो ।
मोरक्कोको जितमा सोफिआने बोउफल र अब्देलहामिद साबिरीले एक एक गोल गरे । ब्राजिलका कप्तान कासिमिरोले एक गोल फर्काए ।
यस जितसँगै मोरक्कोले पहिलो पटक ब्राजिलमाथि जित निकाल्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया