डेब्यु खेलमै जोसेलुको दुई गोल, स्पेनको शानदार जित

लोकपथ
161
Shares

काठमाडौं । युरोकप छनोटमा स्पेनले नर्वेलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा स्पेनले नर्वेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा जोसेलुले दुई गोल र डानी ओल्मोले एक गोल गरे । जोसेलुले डेब्यु खेलमै दुई गोल गरेका हुन् ।

यस जितसँगै स्पेनले पहिलो खेलमै ३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । नर्वेले हारबाट छनोटको सुरुआत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?