यी बलिउड सेलिब्रेटी जसलाई सरकारले दिन्छ सुरक्षा

लोकपथ
308
Shares

काठमाडौं । बलिउड सेलिब्रेटीहरू धेरै सार्वजनिक स्थानमा जाने गरेका छन् । आफ्ना फ्यानहरुसँग समय बिताउन उनीहरु धेरै स्थानहरुमा विभिन्न कार्यक्रममा जाने गरेका हुन्छन् ।

तर कहिलेकाही यी सेलिब्रेटीहरूले धम्कीको सामना पनि गरिरहेका हुन्छन् । त्यसैले उनीहरूलाई कुनै पनि खतराबाट बच्न सुरक्षा दिइएको छ। आज हामी तपाईलाई बलिउडका ती कलाकारहरुको बारेमा बताउन गइरहेका छौँ जसलाई सरकारले सुरक्षा प्रदान गरेको छ ।

सलमान खान

हालै सलमान खानलाई धम्कीको मेल आएको थियो । यो खबर बाहिरिएपछि बलिउडमा सनसनी मच्चिएको थियो । उजुरी प्राप्त हुनासाथ सलमानको सुरक्षा बढाइएको थियो । लगातार ज्यान मार्ने धम्कीका कारण अभिनेतालाई वाई श्रेणीको सुरक्षा दिइएको छ । सलमान छिट्टै ‘किसी का भाई किसकी जान’ फिल्ममा देखिदैछन् । यो फिल्म इदमा रिलिज हुँदैछ ।

अक्षय कुमार

अक्षय कुमार जति लोकप्रिय छन्, उनले त्यति नै आलोचनाको सामना गर्नु परेको छ । कयौं पटक उनलाई सामाजिक सञ्जालमा धम्की पनि आउँने गरेको उनले बताएका छन् । जसका कारण भारत सरकारले उनलाई एक्स प्लस सुरक्षा प्रदान गरेको थियो । अक्षय छिट्टै तमिल फिल्म सूरराई पोत्रुको हिन्दी रिमेकमा देखिनेछन्।

अनुपम खेर

यो सूचीमा अनुपम खेरको नाम पनि परेको छ । अनुपमलाई पनि भारत सरकारले एक्स श्रेणीको सुरक्षा दिएको छ । उनी चाँडै कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ मा महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

विवेक अग्निहोत्री

विवेक अग्निहोत्री कश्मीर फाइल्सका कारण निकै चर्चामा रहेका छन् । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । फिल्म रिलिज भएपछि निर्देशकले आफूलाई लगातार ज्यान मार्ने धम्की आएको खुलासा गरेपछि उनलाई वाई श्रेणीको सुरक्षा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?