राहुल गान्धीले गरे ट्विटरकाे बायो अपडेट, आफूलाई नै लेखे ‘अयोग्य सांसद’

लोकपथ
49
Shares

काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सूरत अदालतले दुई वर्षको जेल सजाय र लोकसभाको सदस्यता रद्द गरेपछि हाल माहोल तात्तिएको छ । राहुलको समर्थनमा आज कांग्रेस कार्यकर्ताहरूले देशभर सत्याग्रह गरिरहेका छन्। यसैबीच राहुल गान्धीले पनि अनौठो तरिकाले आफ्नो विरोध जनाएका छन् ।

राहुलले आफ्नो ट्विटर एकाउन्टको बायो अपडेट गरेका छन् । बायोमा उनले आफूलाई अयोग्य सांसद लेखेका छन् ।

राहुलको ट्वीटर बायोमा के लेखिएको छ ?
यो राहुल गान्धीको आधिकारिक खाता हो। सदस्य, भारतीय राष्ट्रिय कांग्रेस। त्यसपछि अन्त्यमा उनले ‘अयोग्य सांसद’ लेखेका छन् ।

छवि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?