काठमाडौं । हलिउड निर्देशक टोड फिलिप्सको जोकर निकै हिट भएको थियो । फिल्मले विश्वभरबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो ।
फिल्मको पहिलो पार्ट निकै हिट भएपछि फ्यानहरू अब यसको सिक्वेलको प्रतिक्षामा छन् । निर्देशक टोडले अब जोकरको सिक्वेलको तयारी गरेका छन् । हाल सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा लेडी गागा देखिएकी छिन् । भिडियोमा गागा जोकरको लुक्समा देखिएकी छिन् ।
First look: Lady Gaga on the set of “Joker: Folie à Deux” in New York City. pic.twitter.com/Pv24C1h6oR
— Lady Gaga Now 🃏 (@ladygaganownet) March 25, 2023
न्यूयोर्कमा गागा जोकरको लुक्समा देखिएकी छिन् । उनी जोकरः फोली ए ड्यूक्सको सुटिङमा देखिएकी थिइन् । फिल्मको सुटिङका धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्बिर र भिडियोमा गायकले रातो ज्याकेट र कालो टप लगाएकी छन् । साथै उनी कालो छालाको स्कर्टमा देखिएकी छिन् । चलचित्रमा जोकरको जस्तै गायकको मेकअप गरिएको छ ।
जोकर २ सन् २०२४ मा रिलिज हुनेछ
नायिकाको यो लुक्स निकै आकर्षक देखिन्छ । लेडी गागा अब जोकर २ मा जोकिन फिनिक्ससँग देखिनेछिन् । यो फिल्मको पहिलो भाग सन् २०१९ मा आएको थियो । यो थ्रिलर फिल्म हो, जसलाई मानिसहरुले निकै रुचाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया