मुर्रे र निसीकोरी ब्रिसबेन टेनिसको दोस्रो चरणमा प्रवेश

एजेन्सी । बेलायती एन्डी मुर्रे र जापानका केइ निसीकोरी जारी ब्रिसबेन अन्तर्राष्ट्रिय टेसिन प्रतियेगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

पूर्व विश्व नम्वर एक मुर्रेले अस्ट्रेलियन वाइल्डकार्ड खेलाडी जेम्स डकवर्थलाई पराजित गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् । गत सेप्टेम्बर महिना पछि मुर्रेे पहिलो पटक टेनिस कोर्टमा फर्किएका हुन् ।

हिपको सफल शल्यक्रियापछि पुरानै खेल लयलाई समात्दै उनले डकवर्थलाई ६-३ र ६-४ को सेटमा पराजित गरे ।

३१ वर्षे मुर्रे २०१८ मा चोटका कारण धेरै समय कोर्ट बाहिर नै रहेका थिए । पुरुष एकलतर्फको -याङकिङमा २ सय ४० औँ स्थानमा रहेका मुर्रे यो वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको तयारीमा रहेका छन् । 

त्यस्तै बुधवार बिहान भएको अर्को खेलमा जापानका केई निस्सीकोरीले अमेरिकी डेनिस कुड्लालाई ७-५ र ६-२ को सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरे । खेलके पहिलो सेटमा कडा टक्कर दिएका कुड्ला दोस्रो सेटमा भने निस्सीकोरीसँग सहजै पराजित भएका थिए ।

यता बुधवार बिहानै भएको अर्को खेलमा बेलायती केयल एडमुण्ड र बुल्गेरियाका ग्रिगोर डिमिरोभले पनि आ-आफ्नो खेलमा जीत हात पार्दै अघिल्लो चरणको यात्रा तय गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?