काठमाडौं । नेपालले आज बंगलादेशसँग भिड्दै छ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्न लागेको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे शुरु हुनेछ ।
नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ । नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंक विहीन भुटान पुछारमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया