बिहीबार कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले बिहीबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव निधिराज न्यौपानेले जानकारी दिए।

त्यसदिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा बिदा दिइएको हो।

गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?