‘डीपीएल’ क्रिकेटको लागि २ सयभन्दा बढी खेलाडीको नाम दर्ता

काठमाडौं । धनगढी प्रियिमर लिग ‘डीपीएल’ क्रिकेटको लागि २ सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएका छन् । 

आयोजक धनगढी क्रिकेट एकेडेमीका अनुसार उपलब्ध गराएको समयभित्र २ सय ५ खेलाडीहरुले नाम दर्ता गराएको जानकारी दिएको हो । ‘डीपीएल’का लागि आयोजकले पुष ४ गतेदेखि नाम दर्ता प्रक्रिया खुल्ला गरेको थियो ।

दुई सातापछि आयोजकले मंगलवार मात्रै खेलाडी दर्ता बन्द गरेको थियो । एकेडेमीले खेलाडीलाई न्युनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्मको मुल्य राखेर नाम दर्ताको आह्वान गरेको थियो ।

दर्ता भएका २ सय ५ जना खेलाडीलाई समावेश गर्दै आयोजकले अब खेलाडी लिलामी बिक्री प्रक्रिया अघि बढाउने बताइएको छ ।

‘अक्सन’ यहि पुष २२ गते हुनेछ । ‘डीपीएल’ क्रिकेट प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुनेछ । यो प्रतियोगितामा ६ टिम सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?