दश अर्ब रुपैयाँको लगानीमा खुलेको रिद्धिसिद्धि सिमेन्टको उत्पादन शुरु

काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले नेपाल गुणस्तर चिन्ह ‘एनएस’का लागि परीक्षण शुरु गरेको छ । 

रिद्धिसिद्धि सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको नेपाल गुणस्तर चिन्ह ‘एनएस’का लागि परीक्षण शुरु गरेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको जानकारी अनुसार उक्त सिमेन्टको गुणस्तर परीक्षणको काम शुरु भइसकेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘ हामीले रिद्धिसिद्धि सिमेन्टको गुणस्तर परीक्षणको काम शुरु गरिसकेका छौँ, यो सबै प्रकृया पूरा गर्न दुई महिना जति समय लाग्छ, एनएसको प्रकृयामा रहँदासम्म उद्योगबाट उत्पादित सिमेन्ट बजारमा बिक्री गर्न पाउँछ। हामीले यही विधिलाई एडप्ट गर्दै आएका छौँ।’

नेपालमा सिमेन्ट र डन्डीको पायोनियर रहेको शंकर र अम्बे समूहले १० अर्ब रुपैयाँको लगानीमा ऋद्धिसिद्धि सिमेन्ट उद्योग स्थापना गरेका हुन्। शंकर समूहको जगदम्बा र अम्बे समूहको हाइटेक सिमेन्ट बजारमा स्थापित ब्राण्ड हुन। उद्योगमा रोवोटिक ल्याब समेत रहेको छ।

यो सिमेन्टको प्लान्ट हेटौडाको रातोमाटेमा छ। ४० विघामा फैलिएको यो सिमेन्ट प्लान्टमा डेनमार्क र जर्मन कम्पनीको मेशिनरी प्रयोग गरिएको बताइएको छ । दैनिक २२ सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको यो सिमेन्ट कम्पनीको मकवानपुरको राक्सिराङ र निवुवाटारमा चुनढुंगा खानी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?