काठमाडौं । आगरा क्यान्ट स्टेसनबाट १६० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको वन्दे भारत एक्सप्रेस रेल गाईसँग ठोक्किएको छ ।
जसका कारण रेलको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनामा कुनै पनि मानविय क्षती भने नभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गाईसँग ठोक्किएपछि वन्दे भारत एक्सप्रेस निर्धारित समय भन्दा २ घण्टा ढिलो नयाँ दिल्ली पुगेको छ । भोपालको रानी कमलापति स्टेशनबाट रेल बिहान ४ बजे आगरा क्यान्ट पुगेको रेलवे वाणिज्य प्रबन्धक प्रशस्ती श्रीवास्तवले बताए। यहाँबाट दिउँसो ३ः०५ बजे ट्रेन नयाँ दिल्लीका लागि प्रस्थान गरेको थियो । ट्रेन मथुरा जंक्शनबाट ३:४० मा छुटेको थियो ।
रेलमा चढेको टोलीले गाईको अवशेष निकालेर रेलको मर्मत गरेको थियो । आधा घण्टामा मर्मतसम्भार गरेपछि रेल अगाडी बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया