काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले खेलाडी, कर्मचारी, पदाधिकारीकासाथै उनीहरुको परिवारलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
दीर्घायु गुरु अस्पताल तथा रिसर्च सेन्टरको सहयोगमा सञ्चालित शिविरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायत २ सय २१ जनाले स्वास्थ्य परिक्षण गराएको केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् ।
मुटु, छाला तथा यौन, नाक÷कान÷घाँटी, स्त्री, दाँत, हाडजोर्नी रोगको सेवा उपलब्ध शिविरमा औषधि पनि निःशुल्क वितरण गरिएको थियो । शिविरकै दौरान २६ जनाले रक्तदान समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया