बाणिज्य बैंकको निक्षेप १६१ अर्बले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा बाणिज्य बैंकहरुको निक्षेप बढेको छ । 

यो वर्षको पुष १३ गतेसम्मको तथ्याङकअनुसार बैंकको निक्षेप १६१ अर्ब रुपैयाँले बढेर २६ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको हो । 

यो अवधिमा ऋण लगानी २१५ अर्ब रुपैयाँले बढेको हो । राष्ट्र बैंकले गरेको कडाइका कारण पछिल्लो समय बैंकहरुले ऋण र निक्षेपको सन्तुलन मिलाउन थालेको बताइएको छ । 

यद्यपी बैंकहरु अझै पनि कर्जा ‘पूँजी’ निक्षेप अनुपात ‘सिसिडी रेसियो’को दवावमा छन् । यो महिना मात्रै बैंकहरुको निक्षेप १० अर्बले बढेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?