आज कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८८ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९७ रुपैयाँ २८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?