काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकारको टावर मर्मत सम्भार गरिने भएको छ । यस कार्यका लागि चैत्र २२ गते बुधबार १ सेवा बन्द हुने जानकारी गराइएको छ ।
जस अनुसार कबलकार टावरको मर्मत संभार सकिएलगत्तै बिहीबारदेखिसेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहने कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
कम्पनीले कबलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरोन्नति गरेको छ । यसबाट यात्रुमा पर्न जाने असुबिधाको लागि कम्पनीले क्षमाप्राथी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया